दफा ३४
डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरु फर्छयाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार
(१) कुनै कारण परी डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फर्छयाउने  सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ः-
(क) हुलाक अड्डाबाट डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई सोही अड्डामा राखी छोड्ने अवधि, र
(ख) डेलिभरी गर्न नसकेका हुलाकवस्तुहरुको सूची प्रकाशित गर्ने ।
(३) डेलिभरी गर्न नसकेको हुलाक वस्तुलाई यस दफाको उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेका नियमहरुले तोकिदिएको अवधिसम्म हुलाक अड्डामा राखिसकेपछि फिर्ता चिठ्ठी फाँटमा चलान गरी पठाइनेछ ।